arrow

सुनसरी जिल्ला अदालतमा सबै सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
court-sunsari.jpg

विराटनगर । जेन-जी आन्दोलनका क्रममा भएको घटनापछि बन्द रहेका सुनसरी जिल्ला अदालतका सबै सेवा आगामी आइतबार (असोज २६) देखि पुनः शुरू हुने भएका छन् ।

गत असोज २४ गतेको घटनापछि अदालत परिसरमा भएको तोडफोड र सुरक्षाजन्य कारणले न्यायिक काम-कारवाही ठप्प भएको थियो ।

सो घटनाले साप्ताहिक तथा दैनिक पेशीदेखि मुद्दा दर्ता, फैसलासम्मका कार्यहरू प्रभावित बनेका थिए ।

अदालत प्रशासनका अनुसार, आवश्यक मर्मत, सरसफाइ र सुरक्षाको तयारी सम्पन्न भएपछि अब अदालतका सम्पूर्ण सेवा, पेशी र प्रशासनिक कामहरू पुनः शुरू गरिने भएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुनसरी लगायत कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो ।

त्यसको असर अदालतको नियमित कामकाजमा पनि परेको थियो ।

न्याय सेवामा अवरोध हुँदा मुद्दा परेका पक्षहरू लामो समयसम्म निर्णयबाट वञ्चित भएका थिए । अदालत पुनः सञ्चालनमा आउँदा न्याय खोज्ने सर्वसाधारणले राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ