राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति संगीतासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा [विज्ञप्तिसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
991
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा.संगीता भण्डारी समेतले एमआरआई मेशिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयाोग अनुसन्धान आयोगले उक्त आरोपको व्यहोराको प्राप्त भई उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा उक्त एमआरआई मेशिन खरिद गर्न प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रतिकुल हुने गरी बदनियत राखी खरिद आवश्यकताको पहिचान एंव खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरे गराएको देखिएको उल्लेख गरेको छ ।