बीपी राजमार्ग पुनर्निर्माण सकेर एकतर्फी यातायात सञ्चालन गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
970
Shares
रामेछाप । रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग निर्माण कार्य बिहीबार सकिने भएको छ ।
बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरीटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
आफूले बाढीले क्षति पुर्याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकीडाँडा र नेपालथोकका ठूला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए ।
सम्भवतः बिहीबार साँझसम्म, नभए पनि शुक्रबार बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए ।
बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ-ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवैतर्फबाट निर्माणको काम भइरहेको छ ।
रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।