दशैँमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा सात जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
989
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा दशैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको जानकारी दिए ।
उक्त अवधिमा एक सय ५३ सवारी दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर एक सय ६६ जना सामान्य घाइते र सात जना गम्भीर घाइते भएको उनले बताए ।
ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँगको सहकार्यमा चाडबाडलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो ।
उक्त कक्षबाट चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरूको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायत समस्या कम गराउन सहयोग गरिएको थियो ।