arrow

अदालत जाने तयारी

संसद् पुनर्स्थापनाको माग गर्दै एमाले अदालत जाने [भिडियो]

सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं : बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
uml-cpn.jpg

काठमाडौँ। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टी संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताएका छन्।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले संसद् पुनर्स्थापनाको माग लिएर एमालेले सर्वोच्च अदालतको ढोका ढकढक्याउने स्पष्ट पारेका हुन्। उनले पार्टीले आधिकारिक ढंगले जाने वा कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको समेत जानकारी दिए।

नेता बस्नेतले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलन प्रति आफ्नो पार्टीको पूर्ण साथ रहने बताए। उनले जेनजी पुस्ताका युवाहरूलाई अब 'डिजिटल जेनेरेशन' को नाम दिएको भन्दै भ्रष्टाचार रोक्ने उनीहरूको मागलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।

"भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविन समिति बनाएर छानविन गर्ने कुरामा पुराना दल अथवा नेकपा एमाले अथवा हामी स्वयममाथि पनि तपाईहरुको आशंका छ भने हामी छानविनको दायरामा आउन तयार छौं," बस्नेतले भने।

उनले जेनजी पुस्ताको नाममा सरकारमा गएकाहरू पनि भ्रष्ट भए/नभएको छानविन गर्नुपर्ने माग राख्दै आन्दोलनको आडमा सरकारमा गएका हरेक व्यक्तिको छानविन हुनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ