त्रिशूली । नुवाकोटकी नयाँ कुमारीको रुपमा प्रार्थी डङ्गोल चयन भएकी छिन् ।
विदुर नगरपालिका–२ मा अवस्थित तलेजु भवानीको राजकीय जीवित देवीको रुपमा छ वर्षीया प्रार्थी डङ्गोललाई यही असोज ६ गते घटस्थापनाका दिन तान्त्रिक विधि मार्फत कुमारी प्रतिस्थापन गरिएको हो ।
फूलपातीको दिनको शुभ साइतमा कुमारीको आभूषण र वस्त्रले सुसज्जित गरिएको हो । रासस