arrow

आकाश छुँदै सुनको भाउ

सुनको भाउमा नयाँ कीर्तिमान, दश दिनमा तोलाको १५ हजार बढ्यो

बुधबार छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
gold-jewalary.jpg

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बुधबार पनि ह्वात्तै बढेको छ भने चाँदीको सामान्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनकाे भाउ तोलामा दुई हजार छ सय रुपैयाँले बढ्दा चाँदी भने पाँच रुपैयाँ घटेको हो। 

मूल्य बढेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुन मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

दशैँअघि असोज १२ गते प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन दशैँदेखि लगातार बढिरहेको छ ।

दशैँ अवधिभर प्रतितोला दुई लाख ३० हजार रुपैयाँमा कारोबार भएको सुन दशैँपछि आइतबार दुई लाख ३० हजार छ सय, सोमबार दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

दशैँअघि असोज १२ र दशैँपछिको असोज २२ गते बुधबारसम्ममा सुनको भाउ तोलामा १४ हजार नौ सय रुपैयाँ बढेको छ । 

यता, मंगलबार प्रतितोला दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य आज घटेर दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

दशैँअघि असोज १२ मा प्रतितोला दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी १० दिनको बीचमा तोलामा एक सय ५५ रुपैयाँ वृद्धि भएको छ । 

अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको वृद्धिको सीधा असर नेपाली बजारमा पनि परेको हो । नेपालमा सुनको भाउ दुई लाख ५० हजार नाघ्ने प्रक्षेपण भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ