arrow

बालेन र सुदनविरुद्धको जाहेरी दर्ता नगरेको प्रहरीले आज साँझसम्म जवाफ दिने [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
uml-82-6-21ppp.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर वालेन्द्र साह (बालेन) र हामी नेपाली संस्थाका अध्यक्ष तथा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्धको जाहेरी दर्ता गर्न नमानेको प्रहरीले आज साँझसम्म जवाफ दिने भएको छ । 

मंगलबार एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर काठमाडौँमा बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । उक्त जाहेरी दर्ता नगरे पनि २४ घण्टाभित्र जवाफ दिने बताएको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले बताएका छन् ।

बडालले प्रहरीले सरकारी वकिलको राय लिएर २४ घण्टाभित्र जवाफ दिने बताएको जानकारी दिए । गत भदौ २३ र २४ गतेको आन्दोलनको विषयलाई लिएर जाहेरी दिएको अनेरास्ववियुले जनाएको छ ।

आन्दोलनमा व्यक्ति हत्या, आन्दोलनलाई उक्साउने काम, राष्ट्रिय सम्पत्ति जलाउने र तोडफोड गर्न उक्साउने, नेपाली नागरिक भएर विदेशीलाई जासुसी गर्नेविरुद्ध जाहेरी दिएको अनेरास्वविकयुले भनेको छ । 

uml-82-6-21qq (13).jpg
uml-82-6-21qq (12).jpg
uml-82-6-21qq (11).jpg
uml-82-6-21qq (10).jpg
uml-82-6-21qq (9).jpg
uml-82-6-21qq (8).jpg
uml-82-6-21qq (7).jpg
uml-82-6-21qq (6).jpg
uml-82-6-21qq (5).jpg
uml-82-6-21qq (4).jpg
uml-82-6-21qq (3).jpg
uml-82-6-21qq (2).jpg
uml-82-6-21qq (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ