तस्बिर – सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेवार समुदायको प्राचीन र पवित्र परम्परामध्ये एक थेचो नवदुर्गा नाच पाटन दरबार क्षेत्रको मूलचोकमा भएको छ। थेचोबाट देवीको घरबाट शुरू भएको यस धार्मिक यात्रामा देवगणका रूपमा मुखुण्डो र परम्परागत पोशाकमा सजिएका भक्तजनहरूले मुख्य देवी (मु द्यः), मुखुण्डो, पोशाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकमा ल्याएका थिए ।
यो नाच दशैंको विजया दशमी अर्थात् टीका लगाउने दिनमा पनि पाटनमा प्रदर्शन गरिन्छ। सो अवसरमा नवदुर्गा समूहले मन्मनेश्वरी देवी, जसलाई तलेजुको रूपमा पनि पूजिन्छ उहालाई भेट्ने परम्परा रहेको छ।
शताब्दीयौँ पुरानो यो विधि दशैं पर्वको अभिन्न अंश हो, जसलाई हरेक वर्ष विजया दशमी र कोजाग्रत पूर्णिमाका दिन दुईपटक प्रदर्शन गरिन्छ।
नाचअघि ३४ जना सहभागीमा ११ जना देवगण, ३ जना नाइक (धार्मिक अगुवा) र अन्य गुथियारले थेचोस्थित देवीको घरमा पूजापाठ गरेका थिए्र ।