arrow

लगातार वर्षासँगै अत्यधिक चिसो, नागरिक आगो बालेर घरभित्रै बस्न बाध्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
rain-bajura.jpg

बाजुरा । बाजुरामा सोमबार रातिदेखि शुरू भएको वर्षा मंगलबार दिउँसोसम्म जारी छ ।

जिल्लाका बडीमालिका नगरपालिका, गौमुल गाउँपालिकासहित माथिल्लो क्षेत्रका चारवटै पालिकामा निरन्तर वर्षा भइरहेको छ । 

वर्षा भएसँगै अधिकांश सडक हिलाम्मे भएका छन् ।

सडक हिलो हुँदा सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधनलाईसमस्या भएको छ । 

लगातार वर्षा भएपछि चिसो बढ्नुका साथै उच्च हिमाली भूभागमा हिमपातसमेत भएको छ ।

चिसोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् ।

चिसो अत्यधिक बढेपछि बाजुरेली घरभित्रै आगो बालेर बसिरहेका छन् भने सदरमुकाम मार्तडी बजारमा चहलपहल न्यून छ ।

स्थानीय तहका प्रमुखले नागरिकलाई बाक्ला कपडा लगाएर घरभित्रै बस्न आग्रह गरेका छन् ।

लामो खडेरीले सुख्खा बनेको बाजुरामा वर्षा भएपछि कृषक भने खुसी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ