अन्तर्राष्ट्रिय बजारको प्रभावले सुनको मूल्यमा भारी वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
873
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिका कारण स्थानीय बजारमा आज एक तोला सुन रु दुई हजार तीन सयले महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु २ लाख ३३ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु २ लाख ३५ हजार ४०० कायम भएको छ। यसअघि गत आइतबार एक तोला सुन रु २ लाख ३० हजार ६०० मा किनबेच भएको थियो।
यसैबीच, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। सोमबार एक तोला चाँदी रु २ हजार ९६० मा खरिदबिक्री भएको थियो भने आइतबार रु २ हजार ९३० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको वृद्धिको सीधा असर नेपाली बजारमा देखिएको हो।