बागमती। मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४, हरामी चोकस्थित सडकमा आज बिहान ईभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको माइक्रो भित्री बाटोबाट हाइवे (लोकमार्ग) तर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि माइक्रो अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा माइक्रोमा सवार यात्रुहरू र मोटरसाइकल चालकसहित गरी १६ जना घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय साम्भी पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।