arrow

विपद्मा हराएको मानवता

सडक भत्किएपछि ठगी धन्दाः पैदलयात्रीसँग १०, मोटरसाइकलको सय रुपैयाँ असुली

अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक तीन दिनसम्म पनि बनेन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
sarlahi-flood-82-6-20.jpg

सर्लाही । अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । 

शनिबार राति परेको भारी वर्षाका कारण सडकको झण्डै १५ मिटर भाग बगाएको छ । त्यहाँ बनेको करिब १० फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको छ ।

त्यसपछि सोमबारदेखि गाउँका युवाहरूले बाँस र काठको सहायताले अस्थायी लच्का बनाएर आवागमन सहज गराउने प्रयास गरेका छन् ।

हाल सो लच्काबाट मोटरसाइकल, साइकल र पैदलयात्री मात्र पार हुन सक्ने व्यवस्था गरिएको छ । 

तर आवागमनका क्रममा पैदलयात्रीबाट १० रुपैयाँ र मोटरसाइकल चालकबाट एक सय रुपैयाँसम्म शुल्क असुलिँदै आएको छ । 

सदरमुकाम मलंगवा र भारतीय सीमावर्ती कयौँ गाउँलाई जोड्ने यो हुलाकी सडक बाढीले भत्किएपछि सम्पर्क विच्छेद भएको छ । यसले दैनिक यात्रु, विद्यार्थी र व्यापारीलाई ठूलो समस्या भएको छ ।

गाउँपालिका अध्यक्ष रुपेशकुमार यादवले जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग मर्मतबारे निरन्तर समन्वय भइरहेको बताए । 

‘तत्कालीन रूपमा गाउँपालिकाले आवागमन सञ्चालनको प्रयास गरिरहेको छ,’ उनले भने, ‘स्थायी रूपमा सडक पुनर्निर्माणका लागि पहल भइरहेको छ ।’

सोमबार पालिका अध्यक्ष यादवसहित प्रदेशसभा सदस्य एवं पूर्वयातायात मन्त्री कौशल किशोर रायलगायतका नेताले सडकको अनुगमन गरेका थिए । सो क्रममा उनीहरूले सडक केही दिनमै बन्ने बताएका थिए ।

पालिका अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालय र सडक विभागको निर्णय पर्खेको र उनीहरुको निर्णय आउने बित्तिकै काम शुरु गरिने बताएका थिए । उनले यदि उनीहरूले नबनाए आफूले एक घण्टामै बनाउने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ