arrow

आकाश छुँदै सुनको भाउ

सुनको भाउमा कीर्तिमानी उछाल : दुई दिनमै नौ हजार नौ सय बढ्यो

सुन प्रतितोला दुई लाख ३३ हजार एक सय रुपैयाँ कायम, चाँदी तोलाको दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । साेमबार सुनको भाउ तोलामा दुई हजार पाँच सय र चाँदी ३० रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै साेमबार छापावाला सुन प्रतितोला दुई लाख ३३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ३० हजार छ सय रुपैयाँ रहेको थियो ।

दशैँअघि प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ दशैँकै अन्तिम दिनसम्म आइपुग्दा तोलामा नौ हजार नौ सय रुपैयाँले बढेको हो । 

यता आइतबार प्रतितोला दुई हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदी सोमबार दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ