arrow

पहिरोले लियो कान्छीमाया र मिसेकको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
jugal-pahiro.jpg
फाइल तस्बिर

काठमाडौँ । पहिरोका कारण पाँचथरमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका वडा नं ४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा छन् । शेर्माको घर पहिरो परिँदा उनको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यता, फाल्गुनन्द गाउँपालिका वडा नं ३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको हो ।

यता, मिक्लाजुङ गाउँपालिका वडा नं ३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छन् । 

फाल्गुनन्द गाउँपालिका वडा नं १ आलुवारीकी ७२ वर्षीया शुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन् । 

फाल्गुनन्द गाउँपालिका वडा नं ५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ