गुल्मी । सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरूद्ध बनेको छ । केही दिनदेखि कोशी, मधेस र बागमती प्रदेशमा भारी वर्षा भए पनि गुल्मीमा ठूलो वर्षा भएको थिएन ।
तर फाटफुट भइरहने वर्षाका कारण सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बडादशैँका लागि घर गएकाहरूलाई फर्कन समस्या भएको छ । तस्बिर – रासस ।