arrow

पूर्ववत् सञ्चालनमा आए नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
mugling-narayanghad-road.jpg
तस्बिर – फाइल ।

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती  सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति  ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । 

जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ