arrow

प्राकृतिक विपद्मा सशस्त्रका १३५ गोताखोरसहित चार हजार तालिम प्राप्त जनशक्ति परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
apf-digvijay-subedi.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफ नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको जनाएको छ । एपीएफका वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जल तथा मौसम विज्ञान विभागले एक साता अगावै पूर्वानुमान गरेअनुरुप सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएका हुन् । 

सोहीअनुसार काम गरेको पनि उनको भनाइ छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण जनशक्तिहरुलाई स्ट्याण्डबाइ राखिएको जानकारी दिए । 

नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राखेको बताए । जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको बताए । 

देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथी गरिएको बताए । 

उनले भने, ‘नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागले एक साता अगावै पूर्वानुमान गरेअनुरुप सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको थियो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण जनशक्तिहरुलाई स्ट्याण्डबाइ राखिएको थियो । हरेक युनिटबाट कम्तिमा पनि ३५ जनाको फौज विपद् उद्धारमा सञ्चालन गर्नको लागि तयारी अवस्थामा तैनाथी राखिएको थियो । कुल नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई हामीले तयारी अवस्थामा राखेका थियौँ । जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेका छन् । देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथी गरिएको थियो ।’

उनले एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरुलाई पनि विपद् व्यवस्थापनमा समन्वय गरेको बताए । ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरुसँग  पनि समन्वयात्मक रुपमा काम गरेको बताए । 

काठमाडौँ, रौतहट, झापा र इलाममा काम उद्धारको काम गरिरहेको बताए । काठमाडौँको बल्खुस्थित बागमती आसपासमा बसोवास गर्ने सय जनासुकुम्वासीहरुलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको बताए । 

रौतहट गजुरा नगरपालिका ५ हरिपुरमा डुबानमा रहेका १९ घरधुरीका ७५ जनालाई स्थानीय जागृति आधारभुत माविमा स्थानान्तरण गरिएको बताए । झापाको झापा गाउँपालिकामा ५१ घरमा पानी पसेकोले कुमारी माविमा स्थानान्तरण गरिएको बताए । 

झापाको गौरीगञ्जस्थित झोराबस्तीमा १०५ घरमा पानी पसेकाले उक्त घरमा बसोवास गर्ने मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताउनु भयो । १८ गतेदेखि विपद् उद्धारमा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरुबाट ९ हजार ३ सय ४६ जना परिचालन भएको बताउनु भयो । इलामको इलाम नगरपालिका, माङ्सिबुङ गाउँपालिका र सूर्योदय नगरपालिकामा गरी १ सय ६० जना शसस्त्र प्रहरी कर्मचारीहरु विपद् उद्धारमा परिचालन भएको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ