कांग्रेस भ्रातृ संस्थाहरूको संयुक्त अपीलः उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुटौँ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
4.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले प्राकृतिक विपद्मा उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुट्न अपील गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको संयुक्त बैठक पश्चात् जारी अपीलमा ) उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुट्न अपील गरिएको हो ।
अपीलमा भारी वर्षाका कारण देशभरनै जनजीवनलाई असर परिरहेको अवस्था दृस्टिगत गर्दै देशव्यापी एकता र देशव्यापी सतर्कता अपनाउन आग्रह गरिएको छ । विपदसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूको `स्वयंसेवी समूह´ मार्फत कार्य गर्ने निर्णय गरिएको हो l प्रभावित क्षेत्रमा सोही अनुरुप समन्वय, सहजीकरण र स्वयंसेवामा उत्रीने क्रम शुरु गरिएकोसमेत जनाइएको छ l
अपीलमा भनिएको छ, 'प्रभावित क्षेत्रका साथीहरूलाई उच्च मानवीय भावले स्वयंसेवामा सहभागी बन्न आग्रह गर्दछौं l'
विशेष गरेर कोशी र मधेस प्रदेशमा झनै उच्च सतर्कता राखेर विपदसँग जुध्नुपर्ने भएकोले इलाम जिल्लामा ठूलो संख्यामा भएको मानवीय क्षति, पाँचथर, रसुवा, उदयपुर,रौतहटलगायत अन्य जिल्लामा बाढी पहिरोमा भएको मानवीय क्षतिले सबैलाई मर्माहत बनाएको भन्दै थप मानवीय क्षति हुन नदिन राज्यको अझै गम्भीर तदारुकताका लागि अपीलसमेत गरिएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको उक्त बैठकमा१. उषा राउत, अध्यक्ष, नेपाल महिला संघ, २. विद्द्वान गुरुङ, अध्यक्ष, नेपाल तरुण दल, ३. दुजाङ शेर्पा, अध्यक्ष, नेपाल विद्यार्थी संघ, ४. बालकृष्ण दाहाल, नेपाल प्रजातन्त्र सेनानी संघ,५. गणेशचन्द्र तिमल्सिना, अध्यक्ष, नेपाल किसान महासंघ, ६. लोकबहादुर विश्वकर्मा, अध्यक्ष, नेपाल दलित संघ, ७. गर्जबहादुर गुरुङ, अध्यक्ष, नेपाल भुतपुर्व सैनिक संघ, ८. ओमबहादुर घर्तीमगर, अध्यक्ष, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, ९. माधवप्रसाद चम्लागाई, अध्यक्ष, नेपाल लोकतान्त्रिक अपांग संघ, १०. अतावुल मन्सुरी, अध्यक्ष, नेपाल मुस्लिम संघ, ११. शिवनारायण महतो गुरौ, अध्यक्ष, नेपाल थारु संघ, १२. देवेन्द्र शेरचन, अध्यक्ष, नेपाल लोकतान्त्रिक खेलकुद संघ, १३. इच्छुराम रानामगर, अध्यक्ष, नेपाल राष्ट्रिय मगर संघ र १४. रामकृष्ण `इन्द्र´ लामा, अध्यक्ष, नेपाल तामाङ संघ सहभागी थिए ।