arrow

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
mugling-narayangadh.jpg

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी रुपमा यातायात सञ्चालन भएको छ ।

उक्त खण्डको तुइनखोला क्षेत्रमा शनिबार आएको पहिरो हटाउन थालेसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सड्क विभागले जनाएको छ ।

उक्त खण्डमा पहिरो हटाउने काम चलिरहेको हुँदा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए । 

उनका अनुसार तीनवटा भारी उपकरणहरूले पहिरो हटाउन सक्रिय रूपमा काम गरिरहेका छन् र चाँडै नै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ ।

सडकको अन्य सबै खण्ड खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइनखोला नजिक सतर्क रहन र ट्राफिक निर्देशन पालन गर्न अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ