बाढी, पहिरोमा परी कम्तीमा ३९ जनाको मृत्यु, २७ इलामका, ११ बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
966
Shares
काठमाडौँ । बडादशैँको अर्को दिनदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा ३९ पुगेको छ । सशस्त्र प्रहरी बल एपीएफको प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा ३६ जनाको मृत्यु भएको छ ।
त्यसमा पनि इलाममा मात्र पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । जसमा इलामका पाँच जना हुन् ।
त्यस्तै मधेसमा ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
रसुवामा ४ जना तथा काठमाडौँमा एक जनालाई नदीले बगाएको छ ।