इलाम। इलाममा लगातारको वर्षापछि आएको बाढी, पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ। इलामका ६ ठाउँमा बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको छ ।
ईलाम नगरपालिका ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको छ ।डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको मृत्यु भएको हो ।
सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा घर भित्रबाट ४ वटा शव फेला पारेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
क्षेत्रीको घरबाट उद्धार गरी उपचारको लागि लैजाँदै गर्दा १ जनाको बाटोमा नै मत्यु भएको छ। त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जना बेपत्ता भएको डीएसपी थापाले बताए ।
सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन् ।
देउमाई नगरपालिका ५ धारेमा १ जनाको मृत्यु भएको छ ।
देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको मृत्यु भएको छ।
त्यस्तै फाकफोकथुम गापा ३ रातमाटेमा १ जनाको मृत्यु भएको छ।
त्यस्तै माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। (प्रदेश खबरको सहयोगमा)