arrow

पुल बगाएपछि कोरिडोर अस्तव्यस्त, मेची राजमार्ग ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
koshi-rajmarga-pahiro.jpg

विराटनगर । लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्णरूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला-ठूला पहिरो खसेका छन् ।

फाल्गुनन्द नगरपालिका वडा नं ३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्णरूपमा रोकिएको छ ।

माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पुर्याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ ।

यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भएको छ ।

इलामकै माइजोगमाई गाउँपालिका वडा नं ६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन् ।

यता, शन्दकपुर गाउँपालिका वडा नं ३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर हराएका छन् ।

स्थानीयका अनुसार उनीहरू घरभित्रै रहेका बेला पहिरोले बगाएको हो । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ