-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
विराटनगर । लगातारको वर्षासँगै कोशी प्रदेशभर बाढी, पहिरो र डुबानको त्रास फैलिएको छ ।
भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्णरूपमा खोलिएको छ ।
ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा तीनवटा रातो बत्ती बालिएको छ ।
सुनसरी, मोरङ र झापासहितका तराई भेगमा नदीहरूको बहाव बढेसँगै डुवानको स्थिति सिर्जना भएको छ ।
प्रहरीका अनुसार धेरै स्थानमा आवागमन अवरुद्ध भएको छ भने जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।