arrow

भीषण पहिरोमा परी इलाममा एकै परिवारका पाँचसहित कम्तीमा १२ जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
ilam_district_map.png

इलाम । इलाममा भीषण पहिरोमा परी कम्तीमा १२ जना बेपत्ता भएका छन् । माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका  एकै परिवारका पाँच जना पहिरोमा परेर बेपत्ता भएका छन् ।

राति निरन्तर वर्षासँगै माथिबाट आएको भीषण पहिरोले उनीहरूको घर नै पुर्दा सम्पर्कविहीन भएका हुन् ।

त्यस्तै शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् । स्थानीयका अनुसार ती दुवै जना घरभित्रै भएको समयमा पहिरो बगाएर लैजाँदा खोजी कार्य भइरहेको छ ।

देउमाई नगरपालिका–५ धुसेनीका पाँच जना पहिरोमा परेका छन् । उद्धारका लागि स्थानीय बासिन्दा, प्रहरी र सशस्त्र सुरक्षा निकायका टोली परिचालित भए पनि लगातारको वर्षाले खोजीमा कठिनाइ भइरहेको जनाइएको छ । 

सडक अवरुद्धसँगै इलामका पहाडी बस्तीहरू सम्पर्कविहीन बनेका छन् । 

अविरल वर्षाका कारण इलामको देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका बिचमा पर्ने देउमाई खोलाको पुल बाढीले बगाएको छ । आसपासमा रहेका केही घरहरू समेत बाढीले बगाएको स्थानीयले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ