arrow

भासियो पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
abhukhaireni-sadak-tanahus.jpg

दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँमा सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन भएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार अपरान्ह ४ बजेतिर सडक भासिएको हो। तत्काल दुवैतर्फ प्रहरी खटाएर सुरक्षित रूपमा एकतर्फी सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको छ।

प्रहरीका अनुसार यो सडक भासिएको स्थान विसं २०७९ जेठ २७ गते पनि भासिएको थियो। त्यतिबेला भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको भए पनि सोही ठाउँमा पुनः सडक भासिएको हो।

वर्षाका कारण सडक थप कमजोर हुनसक्ने भएकाले यो खण्डमा यात्रा गर्ने सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ