arrow

प्राकृतिक विपद्मा सुरक्षित रहन प्रधानमन्त्रीको अपील [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
sushila-karki-18-06-082.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्राकृतिक विपद्मा सुरक्षित रहन नागरिकलाई अपील गरेकी छन् । शनिबार साँझ देशवासीका नाममा संवोधन गर्दै प्रधानमन्त्रीले यस्तो अपील गरेकी हुन् । 

जोखिमयुक्त सबै क्षेत्रमा सुरक्षा निकाय खटिएको भन्दै उनले सरकारी निकाय उद्धार र राहतका लागि चौविसै घण्टा तयारी अवस्थामा रहेको जानकारी दिएकी छन् । 

सबै महत्वपूर्ण राजमार्ग र अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको भन्दै प्रधानमन्त्रीले अवस्थाले अनुमति दिनवित्तिकै राजमार्ग सञ्चालन गरिने पारेकी छन् । 

जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन भन्दै प्रधानमन्त्रीले आवश्यक परेमा सुरक्षा निकायको सहयोग र राहत लिन पनि आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ