arrow

रोहित एक दिवसीय कप्तानबाट हटाइए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
rohit-sharma-2023-11-15.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्माको एक दिवसीय क्रिकेट टोलीको कप्तानी पद खोसिएको छ। अष्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको लागि घोषणा गरिएको भारतीय टोलीमा रोहित शर्मा समावेश भए पनि कप्तानको जिम्मा खोसिएको छ । उक्त श्रृंखलाका लागि शुभमन गिललाई कप्तान नियुक्त गरिएको छ। 

गिल पहिले नै टेस्ट कप्तान हुन् । रोहित र विराट कोहली अष्ट्रेलिया भ्रमणमा रहे पनि कप्तानी भने खोसिएको हो । दुवैले अन्तिम पटक यस वर्षको गत मार्च ९ मा च्याम्पियन्स ट्रफी फाइनलमा न्यूजिल्याण्डविरुद्ध एक दिवसीय खेलेका थिए ।

टिम इन्डियाले अष्ट्रेलिया भ्रमणमा तीन एक दिवसीय र पाँच टी–२० खेल्नेछ। पहिलो एक दिवसीय अक्टोबर १९ मा पर्थमा खेलिनेछ। दोस्रो खेल अक्टोबर २३ मा एडिलेडमा र तेस्रो अक्टोबर २५ मा सिड्नीमा खेलिनेछ। 

यसपछि पाँच खेलको टी–२० शृङ्खला हुनेछ। टी–२० टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन् ।

भारतको एकदिवसीय र टी–२० टोली

एकदिवसीयः शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उप–कप्तान), अक्षर पटेल, केएल राहुल (विकेटकिपर), नितिश कुमार रेड्डी, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद सिराज, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, ध्रुव जुरेल (विकेटकिपर), यशस्वी जयसवाल।

टी–२०ः सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, शुभमन गिल (उपकप्तान), तिलक वर्मा, नितिश कुमार रेड्डी, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), वरुण चक्रवर्ती, जसप्रीत बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राणा, संजु सामसन, रिंकु सिंह, र वाशिंगटन सुन्दर।

२०२७ को विश्वकपमा रोहित र कोहलीको सहभागिता निश्चित छैन।

प्रमुख छनोटकर्ता अजित आगरकरले भने, ‘२०२७ को एक दिवसीय विश्वकपमा रोहित शर्मा वा विराट कोहली खेल्नेछन् कि खेल्नेछन् भन्ने अझै निश्चित छैन। त्यसैले रोहितलाई कप्तान तोकिएको छैन। यस विषयमा उनीसँग परामर्श गरिएको छ।’

शुभमन गिललाई टेस्ट र एक दिवसीय दुवैमा कप्तान नियुक्त गर्ने सम्बन्धमा उनले भने, ‘तीन ढाँचाका लागि तीन कप्तान राख्न सम्भव छैन। त्यसैले, गिललाई दुई ढाँचामा कप्तान नियुक्त गरिएको छ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ