नदी छेउँका बासिन्दालाई स्कूल कलेजमा राख्न शिक्षामन्त्रीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
1.1k
Shares
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कूल कलेजमा राख्न अनुरोध गरेका छन् ।
अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै भनेका छन्, ‘बागमती नदी वरिपरिका स्कुल कलेजहरूलाई अनुरोध-बागमती नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुञ्जेलसम्म बस्न अस्थायी व्यवस्था गर्नु पर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराई दिन बिनम्र अनुरोध छ,’ उनले भने, ‘यसका लागि गृहमन्त्रीज्यूको अनुरोधमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’