arrow

मेची राजमार्गमा सवारी आवागमन बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
rain-mechi-rajmarga.jpg

इलाम । मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुंगको सुकेटारसम्म एवं मेची कोरिडोरको केचना कञ्चनजंघा सडकमा रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरू सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न अर्को सूचना जारी नभए सम्मको लागि मेची राजमार्गमा सवारी आवागमन बन्द गरिएको हो ।

जसअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङ्गको सुकेटारसम्म एवं मेची कोरिडोर केचना-कञ्चनजंघा सडकमा बेलुकी ७ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सबै प्रकारका साना ठूला सवारीसाधन आवागमन पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सूचनामा उल्लेख छ ।

साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरुले मेची कोरिडोर  र साना सवारी साधन टनभन्दा कम भएकाहरूले सिमल गोलाई-जोगमाई-तिल्केनी सडक प्रयोग गर्न भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ