arrow

हावाहुरी र चट्याङका कारण विद्युत् आपूर्ति ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
bijuli-tower.jpg

सर्लाही । हावाहुरी तथा चट्याङका कारण सर्लाहीमा बिहानैदेखि विद्युत अवरुद्व भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका अनुसार नवलपुर-मलंगवा ३३ केभी लाइनमा खराबी आएपछि वितरण केन्द्र मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लामा रहेका मलंगवा, बरहथवा र लालबन्दी वितरण केन्द्रमा हावाहुरी तथा चट्याङका कारण समस्या आएको र जिल्ला नै अन्धकार बन्न पुगेको छ । 

प्राधिकरणले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिसकेको र मर्मत कार्य पूरा भएपछि लाइन पुनः सञ्चालन हुने जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ