arrow

वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
pahiro-hetauda.jpg

हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।

गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला-नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।

हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ ।

खेतबारीमा पानी जम्दा धानलगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् ।

यातायात क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडा-काठमाडौँ, हेटौँडा-ललितपुर र हेटौँडा-चितवनतर्फका सडक खण्डमा पहिरो र चिप्लोपनका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।

स्थानीय प्रशासनले अत्यावश्यक बाहेक यात्रामा नजान आग्रह गरेको छ ।

वर्षासँगै खोला-नालामा पानीको बहाव बढेकाले बस्ती नजिकका परिवारलाई सतर्क रहन सुरक्षा निकायले सूचना जारी गरेको छ ।

जनजीवन अस्तव्यस्त बने पनि सम्बन्धित निकायले उद्धार र व्यवस्थापनमा तयारी अवस्थामा रहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ