काठमाडौँ । नेपाली कांग्रेसले प्रक्षेपित भारी वर्षाको प्रतिकूलतासँग जुध्न सबैसँग अपील गरेको छ । कांग्रेसले प्रेस विज्ञप्ति निकाल्दै असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, संबद्ध निकाय, दलहरू, स्वयंसेवीहरु एवं सम्पूर्ण नागरिकमा अपील गरेको हो ।
सात बुँदे सतर्कता सार्वजनिक गर्दै कांग्रेसले सम्भावित खतराप्रति सचेत रहन आग्रह गरेको हो । यस्ता छन् पूर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता-
१) दशैंको टीका लगाउन या लगाइसकेर गन्तब्यमा फर्किन लाखौं नागरिक यतिबेला सडक यात्रामा छन् l अतः मौसमको तीव्र प्रतिकूलता नजिकिएको सूचना प्रभावि रुपले सम्प्रेषण गरौं l
२) सरकार र संबद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित रहौं, अरुलाई सुरक्षीत बनाउन सुसूचित गरौं l
३) बाढीपहिरोको घोषित एवं संभावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षीत स्थलतर्फ केहिदिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासन मार्फत आवश्यक बन्दोबस्तको पहलकदमी गरौं l
४) पहाडी भूगोल र हाम्रा सडक मार्ग उसैपनी जोखिमपुर्ण छन्, अत भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक मार्ग निस्चित अवधिकालागी अनिवार्य बन्द गरौं l
५) सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासिलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवि मार्फत सहजीकरण गरौं / गराऔं l
६) विपद्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावि ढंगको भूमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गरौं l