arrow

रौनक सखिया नाचको [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
sakhiya-nach-82-6-17@.jpg
तस्बिर–प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ खल्लाजयपुर, बर्दियाका थारु समुदायमा अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दशैँअघि सुरू भएर दशैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो ।  

थारु गाउँमा दशैँसँगै सखिया नाचको रौनक आउने खल्लाजयपुरका बडघर प्रदेशी चौधरीले बताए । उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । 

जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । २०देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् । 
महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ । 

धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ ।

‘नयाँ पुस्ताले आफ्नो सस्कृती बिर्सदै गयको र थारु संस्कृति जोगाइराख्न पनि यो नाच लाई सधैँ निरन्तरता दिन यो नाच हामी हरेक वर्ष नाच्ने गर्छौं’, बड्घर प्रदेशी चौधरी बताउँछन् । 


 

sakhiya-nach-82-6-17 (15).JPG
sakhiya-nach-82-6-17 (14).JPG
sakhiya-nach-82-6-17 (13).JPG
sakhiya-nach-82-6-17 (11).JPG
sakhiya-nach-82-6-17 (10).JPG
sakhiya-nach-82-6-17 (9).JPG
sakhiya-nach-82-6-17 (8).JPG
sakhiya-nach-82-6-17 (7).JPG
sakhiya-nach-82-6-17 (6).JPG
sakhiya-nach-82-6-17 (5).JPG
sakhiya-nach-82-6-17 (4).JPG
sakhiya-nach-82-6-17 (3).JPG
sakhiya-nach-82-6-17 (2).JPG
sakhiya-nach-82-6-17 (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ