arrow

काठमाडौँको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर पुनःस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
bramhamandir-gajur.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर पुनः स्थापना गरेको छ। महानगर-८, गायत्रीमार्गमा रहेको यो मन्दिर छैटौँ शताब्दीको रहेको मानिन्छ।

महानगर सम्पदा तथा पर्यटन समिति संयोजक एवम् वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले विधिपूर्वक पूजा गरी गजूर स्थापना गरेका हुन्।

वडाध्यक्ष सङ्गतले दुईतले प्यागोडाशैलीको यो मन्दिर १ करोड १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको जानकारी दिएका छन्।

मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी माघभन्दा पहिले साइत नजुरेकाले गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्तिसमेत साइत हेरेर मङ्गलबार स्थापना गरिएको उनले बताए।

गत माघ ७ गते मन्दिर पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो। त्यसअघि एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको थियो। मन्दिरको ऐतिहासिक दस्ताबेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरात्त्वविद्हरूबाट मन्दिरको रेखाङ्कन गरिएको थियो। मन्दिर इँटा, माटो र काठबाट निर्मित दुईतले प्यागोडा शैलीमा तयार पारिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ