arrow

एक वर्षमै शाहरुखको आठ हजार करोडको छलाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
saharukh.jpeg

काठमाडौँ। 'किङ' भनिने शाहरुख खान बलिउडका सबै सेलिब्रेटीहरूमध्ये सबैभन्दा धनी छन्। शाहरुखले पछिल्लो एक वर्षमै आफ्नो सम्पत्तिमा आठ हजार करोड रुपैयाँको छलाङ मारेका छन्। गत वर्ष एक खर्ब १५अर्ब ७६ करोड नेपाली रुपैयाँ रहेको उनको कूल सम्पत्ति अहिले १ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। 

अक्टोबर १ मा सार्वजनिक भएको हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार उनको कूल सम्पत्ति १.४ बिलियन डलर लगभग १ खर्ब ९८ अर्ब ५६ करोड नेपाली रुपैयाँ पुगेको हो।

उनी चलचित्रबाट लिने शुल्कका अतिरिक्त आफ्नो रेड चिली इन्टरटेनमेन्ट प्रोडक्शन हाउस र करोडौं शुल्क लिने ब्राण्ड एन्डोर्समेन्ट बाट ठूलो कमाइ गर्छन्। उनकी पत्नी गौरी खान 'डी डेकोर' की संस्थापक हुन् भने छोरा आर्यन खान पनि लक्जरी क्लोदिङ ब्राण्डका मालिक छन्, जसले पारिवारिक आम्दानीमा योगदान पुर्‍याउँछ।

यस सूचीसँगै शाहरुखले हलिउडका ठूला नामहरूलाई पनि पछि पारेका छन्। उनले १.२ बिलियन डलर नेटवर्थ भएका आर्नोल्ड श्वार्जनेगर लाई उछिनेका छन्। त्यस्तै, शाहरुखले टम क्रुज (८९१ मिलियन डलर) र टेलर स्विफ्ट जस्ता धनी सेलिब्रेटीहरूलाई पनि पछाडि पारेको बताइएको छ।

भारतमा उनीपछि दोस्रो स्थानमा जुही चावला र उनको परिवार (१ खर्ब २४ अर्ब ५९ करोड ) र तेस्रो स्थानमा ऋतिक रोशन (३४ अर्ब ५४ करोड) रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ