arrow

माटो खन्ने क्रममा ढिस्को खसेर चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
sarlahi.png

बरहथवा (सर्लाही)। सर्लाही जिल्लाको हरिपुवा नगरपालिका–१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्को खसेर चार जनाको दुःखद मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले दिएको जानकारी अनुसार, आज बिहान भएको यस दुर्घटनामा मृत्यु हुनेहरू महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाका हुन्। मृत्यु हुनेमा ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुन रहेका छन्।

ढिस्कोले पुरिएका उनीहरूलाई स्थानीयले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ