arrow

आज देशभर बदली, चार प्रदेशमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशभर मनसुनी वायु र स्थानीय वायु को प्रभाव कायमै रहेकाले आज (बुधबार) पनि देशका अधिकांश स्थानमा बदली र वर्षा हुने सम्भावना रहेको छ।

आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ