राँगा काट्ने क्रममा ग्रेण्डर मेशिनले आफ्नै खुट्टा काटिँदा रमेशको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
1.2k
Shares
झापा । राँगा काट्ने क्रममा ‘ग्रेण्डर मेसिन’ ले आफ्नै खुट्टा काटिँदा झापामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं १ का ३५ वर्षीय रमेश परियार छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी गम्भीर घाइते भएका थिए ।
घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।