धरानबाट करिब दुई सय ७५ केजी गाँजासहित एक जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
938
Shares
सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका-४, बुद्ध बिहार बाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब २७५ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा, साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय बिबसन राई रहेका छन्। उनलाई आइतबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो।
भेडेटारबाट धरानतर्फ ठूलो मात्रामा गाँजा ल्याउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरान बाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजा ल्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि उनीहरूले गाँजाका बोरा फाली भागेका थिए, तर प्रहरीले पछ्याउने क्रममा राईलाई पक्राउ गर्न सफल भएको हो।
प्रहरीले हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।