arrow

सिलिगुढीमा दुर्गा पूजाको रमझम, शहर झकिझकाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
durga-mata-silgudhi.jpg

काठमाडौँ । पूर्वी नेपालसँग सीमा जोडिएको भारत पश्चिम बंगाल अन्तर्गत सिलिगुडीमा दुर्गा पूजाको रमझम शुरू भएको छ ।

बंगालको सबैभन्दा प्रतिक्षित पर्व दुर्गा पूजा शुक्ल पक्षको षष्ठी तिथिमा शुरू हुने र विजयादशमीमा दुर्गा विसर्जनसँगै समापन हुने गर्दछ । जसका कारण बंगालमा शहरहरू जीवन्त उत्सवले भरिएका छन् ।

सजाइएको पण्डालदेखि उत्साहजनक सांस्कृतिक प्रदर्शन, भक्ति , परम्परा र सामुदायिक बन्धनलाई प्रतिबिम्बित गरिरहेको छ ।

सिलगढीमा विभिन्न उत्सवमा समिति र सांस्कृतिक समूहले पौराणिक विषयवस्तु र आधुनिक कलात्मकता दुवैबाट प्रेरित भव्य पण्डाल स्थापना गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

स्थानीय कालीगढद्वारा बनाइएका देवी दुर्गाका मूर्तिहरू आकर्षणको केन्द्र बनेका छन्, जसले भक्त र आगन्तुकको ठूलो भीडलाई आकर्षित गरिरहेको छ ।  

सडक बत्तीहरू, उत्साहजनक बजार र परम्परागत बंगाली स्वादिष्ट परिकारहरूले माहोल रमाइलो बनेको छ ।

विजयादशमीमा देवीको भावनात्मक बिदाईसँगै उत्सवको समापन गरिनेछ । किनकि दुर्गाका मूर्तिहरूलाई नदीमा विसर्जन गर्नुअघि भव्य जुलुस आयोजना गरिनेछ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ