arrow

तुइनखोलामा फेरि खस्यो पहिरो, मुग्लिन-नारायणगढ सडक बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
tuin-khola-pahiro.jpg

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला पुल नजिकै पहिरो खसेर सवारी आवागमन दुईतर्फी नै बन्द भएको छ ।

आज दिउँसो १ बजे पूरानै ठाउँमा पहिरो खसेको थियो । पहिरो झर्ने क्रम नरोकिए पनि अपरेटरहरूद्वारा जोखिम मोलेरै सावधानी अपनाई पहिरो पन्छाउने कार्य शुरू गरिसकेको सडक डिभिजन भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

थप पहिरो नझरे पहिरो पन्छाउन करिब चार घण्टा समय लाग्ने आकलन गरिएको छ ।

सकभर वैकल्पिक सडक प्रयोग र रोकिएका सवारीसाधन लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन आग्रह गरिएको छ ।

सडक बन्द भएसँगै दशैँमा घर हिंडेका यात्रु अलपत्र परेका छन् । असोज महिना लागेसँगै तुइनखोला क्षेत्रमा लगातार पहिरो खसिरहेको छ । जसका कारण अधिकांश समय सडक बन्द भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ