arrow

एसले तयार गर्‍यो नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानी (आन्तरिक परिपत्र) मा कम्युनिस्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी सच्याउने तथा आन्तरिक लोकतन्त्रको सुदृढीकरण र नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको छ।

अपानीमा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने उल्लेख गरिएको छ। पार्टीले आफ्नो रणनीतिक लक्ष्य समाजवाद हुने र त्यसका लागि समाजवादी कार्यदिशा अगाल्ने तथा नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगीकार गर्ने सैद्धान्तिक आधार तयार गरेको छ। यसका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद लाई मानिएको छ।

पार्टीले नेपाली जनता र पूँजीपति वर्गबीचको अन्तरविरोध समाधान गर्ने र नव उपनिवेशवादको विरोध गर्ने नीति अवलम्बन गर्ने बताएको छ।

एकीकृत समाजवादीले बामपन्थी शक्ति, कम्युनिस्ट तथा समाजवादी विचारधारा भएका पार्टीहरूसँग एकताका लागि छलफल सुरु गरेको जनाएको छ। एकताका लागि पार्टीले अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेकपा सँग छलफल गरेको उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ