मनसुनी प्रभाव कमजोर: तीन प्रदेशमा भारी वर्षाको चेतावनीसहित देशभर बदली
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
1.1k
Shares
काठमाडौं। हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको प्रभाव देखिएको छ। यसको असरस्वरूप आज (आइतबार) देशका पहाडी भू-भागमा बदली र केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराई भू-भागका पनि एक–दुई स्थानमा वर्षा हुन सक्छ। विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। राति गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।