arrow

आफूलाई विदेश जान रोक्ने सिफारिसप्रति ओलीको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
uml-sachibalaya-82-6-12.jpg
तस्बिर –डेरामा पार्टीको सचिवालय बैठक बस्ने क्रममा केपी शर्मा ओलीसहितका एमाले नेताहरू ।

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विदेश जान रोक्ने सिफारिसप्रति आपत्ति जनाएका छन् ।

उनले तीन बुँदामा प्रेस वक्तव्य निकाल्दै दशैँको मौका पारेर गरिएको मिडिया ट्रायलको गम्भीर आपत्ति प्रकट गर्दै भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको बताएका छन् । 

प्रेस वक्तव्य 

१) भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गंभीर प्रश्न खडा गरेको छ ।

२. हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ ।

३. पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ