काडमाडौँ । चीनियाँ सरकारले आइतबार पाकिस्तानलाई प्रदान गरेको आपतकालीन बाढी राहत आपूर्तिको पहिलो मात्रा आइतबार मध्यचीनको झेंग्झाउबाट पठाइएको चिनियाँ वायु सेनाले जनाएको छ ।
राहत स्वरुप दुईवटा वाई-२० विमानले टेन्ट र कम्बलसहितका अत्यावश्यक सामाग्री पाकिस्तानको राजधानी इस्लामाबादमा पुगाएको जनाइएको छ ।
गत जुन महिनादेखि गम्भीर बाढीको सामना गरिरहेको पाकिस्तानमा ठूलो क्षति भएको छ भने कयौँ पाकिस्तानीहरू प्रभावित भएका छन् ।
यस विसम परिस्थितिमा चीनले पाकिस्तानलाई आपतकालीन सहायतामा दुई मिलियन अमेरिकी डलर नगदसमेत प्रदान गरेको जनाइएको छ ।
यसै गरी पाकिस्तानको बाढी पछिको पुनर्निर्माणलाई थप सहयोग गर्न चीनियाँ सरकारले थप १० करोड युआन (लगभग १४ मिलियन अमेरिकी डलर) मूल्यको आपतकालीन बाढी राहत आपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
बाँकी आपूर्तिहरू तत्काल तयार भइरहेको तथा आगामी दिनमा क्रमश ; पठाइने जनाइएको छ ।एजेन्सी