मकवानपुर पहिरोमा ज्यान गुमाएका युवा फुटबलरप्रति एन्फाद्वारा श्रद्धाञ्जली
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
15.8k
Shares
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष मकवानपुरको पहिरोमा परी ज्यान गुमाएका युवा फुटबलरहरूप्रति श्रद्धाञ्जली सभा आयोजना गरेको छ। सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार वार्षिक स्मृति सभाको आयोजना गरी एन्फाले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।
गत २०८१ साल असोज १२ गते मकवानपुरको सिस्नेरी मा भारी वर्षाका कारण आएको पहिरोमा परी वात्सल्यदेवी उच्च माध्यमिक विद्यालयमा एन्फाद्वारा सञ्चालित एकेडेमीका ६ जना खेलाडीको दुःखद निधन भएको थियो।
निधन हुने युवा फुटबलरहरूमा दिवस बानियाँ, अनुपम घलाारन, साइमोन योन्जन, प्रियांश आचार्य, विकल रेग्मी र आदित्य बालम्पखी रहेका छन्।
आइतबारको स्मृति सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा, सदस्य पुरुषोत्तम थापा सहित खेलाडी, प्रशिक्षक र फुटबलकर्मीहरूको उपस्थिति थियो। उनीहरूले सामूहिक रूपमा दिवंगत खेलाडीहरूको तस्बिरमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।