एक दुई स्थानमा भारी वर्षाको सम्भावना, देशभर मनसुनको प्रभाव कमजोर
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
1.2k
Shares
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भई स्थानीय वायुको आंशिक प्रभाव मात्रै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (आइतबार) दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली कायम रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ।