-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। महान् चाड दसैँ आँगनमै आइसकेको छ। यति बेला काठमाडौँ उपत्यका छाड्ने सर्वसाधारणको भीड सडक र बसपार्क दुवै स्थानमा देखिन थाली सकेको छ।
जेनजी आन्दोलन, बाटोको अवस्था लगायत विभिन्न कारणले यस वर्ष अग्रिम टिकट बुकिङ खुल्ला गरिएन, जसका कारण यात्रुहरूले नयाँ बसपार्कमा सास्ती भोग्नु परेको छ।
नयाँ बसपार्कमा यात्रुहरू घण्टौँसम्म बस पर्खनु पर्ने अवस्था आएको छ।
चाडपर्व आएसँगै कर्म थलोबाट जन्म थलो फर्कन लागेका यात्रुहरूले अग्रिम टिकट बुकिङ खुल्ला नगरेकोमा गुनासो समेत गरेका छन्।