arrow

यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यता शुक्रबार साँझदेखि काठमाडौँ उपत्यकामा परेको सिमसिम वर्षा रातिसम्मै रहेको थियो । आज बिहानदेखि भने आकाश खुला हुँदा चर्को घाम देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ